१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

ब्यवसायिक सफलता हात पारे पनि फुटबल क्लब चलाउन गाह्रो’

१४ कात्तिक,  काठमाडौं । १२ पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको म्यानचेस्टर युनाइटेड अहिले इतिहासकै खराब मोडमा उभिएको टिप्पणी फुटबल पण्डितहरुले गर्न थालेका छन् ।

जारी प्रिमियर लिगमा लगातारको असफलता र मुख्य प्रशिक्षक एरिट टेन हागको बर्हिगमनका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खेलकुदको मुख्य हेडलाइन युनाइटेड बन्ने गरेको छ ।

यसअघि प्रशिक्षकको असफलतासँग जोडिएको युनाइटेड अब विस्तारै क्लबको नेतृत्व गर्ने व्यक्तिहरुको बारेमा पनि चर्चा हुन थालेको हो । धेरैजसो व्यवसायिक क्षेत्रमा सफलता हासिल गरेका ब्रिटिश धनाढ्य सर जिम र्याटक्लिफको म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध केही दिनयता चुनौतीपूर्ण बनेको छ ।

विशाल सम्पत्तिका मालिक सर जिम, जसले विभिन्न व्यवसायमा एकपछि अर्को सफलता हासिल गरेका पनि छन् । तर, विश्वकै प्रख्यात फुटबल क्लब म्यानचेस्टर युनाइटेडको व्यवस्थापनमा भने उनी असफल भएको बताउन सुरु भइसकेको छ ।

हालै, सर जिमको आईनेओस ब्रिटानिया समूह अमेरिकास कपको फाइनलमा न्यूजिल्याण्डसँग ७–२ ले पराजित भयो । जसले यति ठुलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनको ठूलो सपना अधुरै रह्यो ।

तर यो पराजयभन्दा अझ गम्भीर चुनौती भने म्यानचेस्टर युनाइटेडका समर्थकहरूबाट भएको आलोचना हो । युनाइटेडको निराशाजनक प्रदर्शन र हाल प्रिमियर लिगमा १४ औं स्थानमा रहेको क्लबको वर्तमान स्थिति प्रति समर्थकहरू पटक्कै सन्तुष्ट हुन सकेका छैनन् ।

सर जिमले म्यानचेस्टर युनाइटेडमा आफ्नो २७.७ प्रतिशत लगानी गर्दै क्लबको व्यवस्थापन हातमा लिएका छन् । तर उनले क्लबका मुख्य प्रशिक्षक एरिक टेन हागको अनुबन्ध नवीकरण गर्ने निर्णय गर्दा समर्थकहरू चिढिएका थिए ।

एक टेलिभिजन अन्तरवार्तामा, सर जिमले टेन हागलाई राख्ने वा हटाउने निर्णय आफूले नगरेको बताएपछि यो अझ विवादास्पद बनेको थियो । उनको यस भनाइले समर्थकहरूलाई अझ बढी निराश बनायो ।

‘यदि निर्णय उनको हैन भने, कसको हो?’ समर्थकहरुले गर्दै आएका छन् । यो निर्णय सर डेव ब्रेल्सफोर्डको नेतृत्वमा रहेको ‘पोलिटब्यूरो’ नाम दिइएको सल्लाहकारहरूको समूहद्वारा भएको बताइन्छ । जसले सर जिमलाई क्लब सञ्चालनमा सल्लाह दिने गर्छन् ।

जब सर जिम युनाइटेडमा आए, प्रशंसकहरूले उनलाई अमेरिकन मालिकहरूको प्रभाव अन्त्य गर्ने र क्लबलाई नयाँ उचाइमा पुर्याउने व्यक्तिका रूपमा देखेका थिए। अझै पनि धेरै समर्थकहरूमा उनको योगदानप्रति आशा कायम छ । तर व्यवसायिक दुनियाँमा जस्तै फुटबलमा सफलता हासिल गर्न सजिलो छैन भन्ने कुरा हालका घटना क्रमले देखाएको छ ।

प्रसिद्ध फुटबल व्यवस्थापक बिल श्यान्क्लीको भनाइले यसको अर्थलाई अझ प्रस्ट पार्छ, ‘फुटबल जीवन–मरण भन्दा पनि महत्वपूर्ण छ ।’ फुटबलको पृष्ठभूमि नबुझी व्यवसायिक शैलीमा निर्णय गर्दा ठूलो गल्ती हुनसक्छ भन्ने पाठ यसले सर जिमलाई सिकाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected