१८ कार्तिक २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपाल र बंगलादेशविचको खेलको टिकट एन्फाले नै विक्री गर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री बन्द गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्र टिकट उपलब्ध हुनेछ ।

एन्फाका टुर्नामेन्ट (प्रतियोगिता) निर्देशक सञ्जीव मिश्रले फाइनल खेलका लागि ११ हजार टिकट बिक्री गरिने बताउँदै १० हजार टिकट साधारणतर्फ र एक हजार टकट भीआईपीतर्फ उपलब्ध हुनेछन् । दशरथ रंगशालाको क्षमता १५ हजार रहेको भएपनि अनलाइन टिकट किनेकाहरूको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

टिकट बिक्रीका लागि एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानमा काउन्टर राखिनेछ । टिकटको मूल्य साधारणका लागि पाँच सय र भीआईपीका लागि एक हजार रुपैयाँ तोकिएको छ ।

टिकटमा सीमा निर्धारण गरिएका छन्; साधारण प्यारापिटका लागि एकजनाले बढीमा पाँचवटा र भीआईपीका लागि दुईवटा मात्र टिकट किन्न पाउनेछन् । साथै, एन्फाले दर्शकहरूलाई साँझ पाँच बजेभित्र रंगशाला प्रवेश गरिसक्न आग्रह गरेको छ ।

नेपाल–भारतबीचको सेमिफाइनलमा क्षमता भन्दा बढी टिकट बिक्री गरिएको भन्दै एन्फाले अब टिकट बिक्रीको जिम्मा आफैंले लिने निर्णय गरेको हो।

फिफा नियम अनुसार, रंगशालाको कुल क्षमताको २० प्रतिशत कम मात्र टिकट बिक्री गर्नुपर्नेमा सेमिफाइनलमा नियम उल्लंघन भएको एन्फाको ठहर छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले यसअघि खल्तीबाट भिआइपी तर्फ किनिएको टिकटको पैसा फिर्ता गर्न आफूहरुले भनिसकेको जानकारी दिए ।

उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक खतिवडाले यसअघि टिकट विक्रीको जिम्मा पाएको कम्पनीले बद्मासी गरकोले एन्फा आफैले टिकट विक्री गर्न लागेको जानकारी दिए ।

यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि रंगशालामा लैजान नहुने सामग्रीहरूको सूची सार्वजनिक गरेको छ । फाइनल खेलमा उपस्थिति जनाउने खेलप्रेमीहरूको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै एन्फाले केही सामग्रीहरू रंगशाला भित्र लैजान निषेध गरेको जानकारी गराएको छ ।

बन्दुक, छुरा तथा अन्य धारिला र घातक हतियार, धुम्रपान र आगो बाल्ने सामग्री, चुरोट, लाइटर, सलाइ आदिमा प्रतिबन्ध, मादक पदार्थ, ठूला झोला, साना झोलाहरू मात्र जाँचपछि अनुमति दिइनेछ, तर ठूला झोलालाई निषेध गरिएको छ ।

सुरक्षात्मक उपकरण हेल्मेट र यस्तै सुरक्षा सामग्री निषेध गरिएको छ । त्यसैगरी अनुमति बिना झण्डा, ब्यानर, पोस्टर आदि प्रचार सामाग्री पनि खेल हेर्न जाँदा लैजान पाइने छैन ।

पानीको बोतल, क्यान, पत्थर, धातुका मुद्रा (सिक्का) आदिमा कडाई गरिने छ भने खेलाडी वा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट,कुनैपनि प्रकारका लागू औषधहरू र छाता, लिपस्टिक, नेल कटर, कैँची आदिलाई पनि निषेध गरिएको एन्फाले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected