१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

विश्वकप क्रिकेट लिग-२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ । विश्वकप क्रिकेट लिग(२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । आइतबार अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदै पूरा गरेका हो ।

प्लेयर अफ द म्याचु बनेका शायन जहाँगीरले अमेरिकाका लागि सर्वाधिक १०४ रन बनाए । ९७ बल सामना गरेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मोनाकं पटेलले ६२ रन बनाए । त्यस्तै हर्मीत सिंहले ५७ रन बनाउँदा स्याड्ल भान श्यालवाएकले अविजित २९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २३ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिँदा १ विकेट ललित राजवंशीको नाममा रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । ७५ बल सामना गरेका उनले ८ चौका र ३ छक्का हाने । त्यस्तै दुई ओपनरले पनि अर्धशतकीय पारी खेले । अनिल साहले ५६ रन बनाउँदा आसिफ शेखले ५२ रन बनाए । त्यस्तै आरिफ शेखले ३७ रन बनाए । अमेरिकाका लागि नोस्तुस केन्जिगेले ४ विकेट लिए । त्यस्तै सौरभ नेत्रवलकरले २ विकेट लिँदा जसदीप सिंह, हर्मीत सिंह र श्यालवाएकले १(१ विकेट लिए ।

८ राष्ट्र सहभागी प्रतियोगिताको अंकतालिकामा सातौं स्थानमा छ । नेपालले लिग २ का दुई शृंखलामा खेलेका ८ खेलमा केवल एक जितमात्र निकालेको छ । ६ खेलमा पराजित नेपालको गत महिना ओमानसँग क्यानडामा खेलिएको खेल वर्षाले रद्द भएको थियो । क्यानडामा नेपालले क्यानडा र ओमानसँग २–२ खेलमा बटुलेको त्यही १ अंक थियो । त्यसअघि नेपालले फेब्रुअरीमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र नामिबियासँगको २–२ खेलमा एकमात्र विजय हात पारेको थियो ।

आइतबारको खेलबाहेक नेपाल र अमेरिकाबीच भएको पछिल्ला ५ एकदिवसीय अन्तर्राष्ट्रियमा दुवै टोलीले २–२ खेल जितेका थिए भने एक खेल ‘टाइ’ भएको थियो । सन् २०२२ मा लिग २ का लागि अमेरिका जाँदा नेपालले अमेरिका र ओमानविरुद्धका ४ खेलमा २ खेलमा पराजित हुँदै १ खेल जितेको थियो भने १ खेल ‘टाइ’ भएको थियो । तर, नेपालले अघिल्लो साता अमेरिकाविरुद्ध डालासमै भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected