१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

भुटानमाथि फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश

११ कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।

बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन् । यसैगरी ऋतु पोर्ना चक्मा र शिउली अजिमले एक एक गोल थपेका थिए । भुटानका लागि सातौं मिनेटमा ऋतुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् ।

त्यसपछि लगातार भुटानमाथि दबाब बनाएको बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो । १५ औं मिनेटमा तोहुराले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि बंगलादेश २–० ले अघि बढेको थियो ।

२५ औं मिनेटमा बंगलादेशले तेस्रो गोल गरेको थियो । बंगलादेशकी सविनाले व्यक्तिगत पहिलो गोल गरेकी थिइन् । ३४ औं मिनेटमा तोहुराले ब्यक्तिगत दोस्रो गोल डिबक्स बाहिरबाट गरेकी थिइन् ।

३७ औं मिनेटमा सविनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश पहिलो हाफमै फराकिलो अग्रतामा अघि बढेको थियो । ४१ औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल गरेर अन्तर ५–१ मा झारिन् ।

पहिलो हाफमा ५ गोल गर्दा १ गोल ब्यहोरेको बंगलादेशले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गर्न सफल भइन् । उनले ह्याट्रिक पूरा गर्दा बंगलादेश ६–१ ले अघि बढेको थियो ।

७२ औं मिनेटमा, बंगलादेशकी शिउली अजिमले गोल गरेपछि बंगलादेश ७–१ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो । आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected