१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

लिभरपुललाई शीर्ष स्थानमा उक्लने मौका

११ कात्तिक, काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति आर्सनलले लिभरपुलको स्वागत गर्दैछ ।  आर्सनलको मैदान इमिरेट्स स्टेडियम लन्डनमा हुने खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।

आर्सनलको प्रिमियर लिगमा शानदार अवे रेकर्ड बर्नमाउथसँग पराजयपछि टुटेको छ । गत हप्ता बर्नमाउथविरुद्धको खेलमा विलियम सालिबा पहिलो हाफमै रातो कार्ड पाएपछि आर्सनलले १० खेलाडीमै खेल जारी राखेको भए पनि, रयान क्रिस्टिको गोल र जस्टिन क्लुइभरको पेनाल्टीले १२ खेलसम्मको अपराजित यात्रा समाप्त भएको थियो ।

अर्कोतर्फ, च्याम्पियन्स लिगमा आर्सनलले शख्तर डोनेत्स्कविरुद्ध एक गोलले जित हासिल गरेको थियो ।  हाल घरेलु मैदानमा पाँच खेल लगातार जितिरहेको आर्सनलले एमिरेट्स स्टेडियममा राम्रो प्रदर्शन गर्दै आएको छ । तर सालिबा बिना लिभरपुलसँग खेल्दा आर्सनलले केही थप चुनौतीको सामना गर्न सक्छ ।

लिभरपुल भने अहिले राम्रो लयमा छ । प्रशिक्षक अरने स्लाटको नेतृत्वमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पछाडि पार्दै शीर्ष स्थानमा रहन पनि आज जित्नै पर्ने छ ।  एमिरेट्समा आइतबारको खेलमा सफल भए, लिभरपुलले यो सिजनको सुरुवातमा  २४ अंक बनाउने छ । यो २०१९–२० को विजयी सिजनपछि पहिलोपटक हुनेछ ।

दुवै टोलीको सम्भावित प्लेइङ ११

आर्सनलः

राया, टिम्बर, वाइट, गेब्रियल, जिन्चेन्को; मेरिनो, पार्टे, राइस; साका, हाभर्ट्ज, मार्टिनेली ।

लिभरपुलः

केलहेर, अलेक्ज्याण्डर–अर्नोल्ड, कोनाते, भान डाइक, रोबर्टसन; म्याक एलिस्टर, ग्राभेनबर्च; सालाह, स्जोबोस्लाई, डियाज, नुनेज ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected