१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

१० कात्तिक,  काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।

नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधै अमेरिका गएको हो । नेपालले यो सिरिजमा अमेरिकासहित स्कटल्याण्डसँग पनि खेल्ने छ । नेपाल र अमेरिकाबीचको खेल डलास, टेक्सासको ग्राण्ड प्रेयरी स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अमेरिकासँग दुई खेल र स्कटल्याण्डसँग दुई खेल खेल्नेछ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।

नेपालले हालसम्म आठ खेल खेल्दा एक मात्र खेलमा जित हात पारेको छ र जम्मा तीन अंक बटुल्न सफल भएको छ ।

आईसीसी वल्ड कप लिग–टू मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी छन् । नेपाल हाल लिग–२ अंक तालिकामा सातौँ स्थानमा रहेको छ ।

क्यानडा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा  भने स्कटल्याण्ड चौथो स्थानमा रहेको छ ।

क्रिकेट संघ नेपाल (क्यान) ले यो सिरिजका लागि नियमित कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, गुलसन झा र रिजान ढकाल रहेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected