२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

८ कात्तिक, पोखरा । सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गर्दैछ ।

पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको हो ।

रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

लामिछानेमाथि प्रहरीले सहकारी ठगी र संगठीत अपराधमा अनुुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।