१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

च्याम्पियन्स लिगमा लिभरपुल विजयी

८ कात्तिक, काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा लिभरपुल विजयी भएको छ । लिभरपुलले बुधबार राति च्याम्पियन्स लिगको समूह चरणको खेलमा जर्मनीको लिपजिगलाई १–० ले पराजित गरेको हो ।

यो जितले लिभरपुललाई समूहमा ९ अंक जोड्दै लगभग अर्को चरणमा पु¥याएको छ । डार्विन नुनेजले खेलको एक मात्र गोल गर्दै लिभरपुललाई जित दिलाए ।

२७ औं मिनेटमा नुनेजले मोहमद सलाहको हेडरलाई गोललाइनबाट टच  गर्दै जाली चुमाएका थिए ।

खेलमा लिभरपुलले केही महत्त्वपूर्ण अवसरहरू खेर फाले पनि गोलरक्षक काओमिन केलेहरको उत्कृष्ट प्रदर्शनले टोलीलाई तीन अंक सुनिश्चित ग¥यो ।

लिपजिगले पहिलो हाफमा राम्रो दबाब दिएको थियो । जावी सिमन्स र बेन्जामिन सेस्कोले गोल गर्ने अवसर पाए पनि उनीहरूले गोल गर्न सकेनन् ।

लिभरपुलले दोस्रो हाफमा खेल आफ्नो नियन्त्रणमा लिँदै थप आक्रमण ग¥यो, जहाँ नुनेजले थप एक अवसर पाए, तर पूर्व लिभरपुल गोलकिपर पिटर गुलासीले उनको प्रयासलाई रोकिदिए ।

खेलको अन्त्यसम्म लिपजिगले बराबरीको प्रयास गरे पनि अफसाइडको कारण गोल मान्य भएन । अब लिभरपुलले आइतबार आर्सनलसँग प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected