११ पुष २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाज

एउटै वडामा तीनवटा पुल निर्माण

७ कात्तिक, गलेश्वर (म्याग्दी) । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीनवटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुईवटा झोलुङ्गे पुल हुन् ।

शिखको पोखरेबगर–पाउद्धार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–५ र ६ मा पर्ने घारखोलामा सङ्घीय सरकारको रु तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । निर्माण गरेको हो ।

यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलव आठ मिटर लामो झोलुङ्गे पुल पनि सङ्घीय सरकारकै बजेटमा निर्माण भएको हो । पुलबाट शिख, किन्दु, धोस्केखोरिया, घिरवाङ र पाउद्वारका बासिन्दालाई आवागन सहज भएको छ । यो पुल रु एक करोड ५० लाख लागतमा निर्माण भएको हो । स्वाँतको खोपा खोलामा पनि रु ३० लाखको लागतमा ६० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व