१० पुष २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाज

अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित

६ कात्तिक, काठमाडौ । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

मंगलबार राति नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

अमेरिका ए का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो ।

नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका ुएु का आरिन नदकर्नीले ४ विकेट लिए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो ।

अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।

यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले ुक्लिन स्वीपु गरेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected