२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

राष्ट्रिय निकुञ्जको विषयमा प्रशस्त छलफल जरुरी

६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मदन कुमारी शाहले राष्ट्रिय निकुञ्जको विषयमा अझै थुप्रै छलफलको आवश्यकता भएको बताएकी छन् ।

मंगलबार समितिमा शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा उनले राष्ट्रिय निकुञ्जसँग थुप्रै ऐन र क्षेत्र पनि जोडिएको हुनाले राष्ट्रिय निकुञ्जको मात्र समस्या हेर्ने हो भने समाधान पूर्ण नहुने भन्दै यसमा अझै छलफलको आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘हामीले दुईतीन ठाँउमा अनुगमन गर्यौं । त्यो काफी होइन । समस्या केही मात्रामा पहिचान गरेका छौ । राष्ट्रिय निकुञ्जसँग थुप्रै ऐन र क्षेत्र पनि जोडिएको हुनाले निकुञ्जको मात्र समस्या हेर्ने हो भने समाधान पूर्ण हुदैँन् । सबै ठाँउमा छोएको विषय भएको हुनाले यस सन्दर्भमा अन्तिम रिपोर्ट बनाउनु भन्दा पहिला अझै थुप्रै छलफलको आवश्यकता यसले माग गरेको छ ।’

यसको साथै, अर्को सदस्य रेनु चन्दले अनुगमनको क्रममा आरक्ष पीडितहरुको समस्या गम्भीर रुपमा देखा परेको बताइन् ।

उनले भनिन्, ‘बन बनाउनको लागि घर हटाएको हुनाले आरक्ष पीडितको समस्या पनि गम्भीर रुपमा देखा परेको छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।