२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, रेखा एक्लैले गरिन ५ गोल, प्रीतिको ह्याट्रीक

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११(० को फराकिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक(एक गोल गरिन् ।

यस साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जतिपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ ।

दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

 

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

पहिलो हाफमा रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक(एक गोल गरेपछि नेपालले ४(० को अग्रता बनाएको थियो ।
खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।

छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो ।

सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् ।

त्यसपछि रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् । रेखाले पहिलो गोल रश्मीकुमारी घिसिङको कटब्याक पासमा चेस्टले गोल गरेकी हुन् ।

रेखाले अर्को गोल सविताको पासमा गरेकी हुन् ।

दोस्रो हाफमा पनि नेपालले माल्दिभ्स विरुद्ध पूर्ण दबाब बनाउँदै एकपक्षीय रुपमा आक्रमण गरेको थियो ।

त्यसको नतिजा ४८ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। जारी साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

नेपाली खेलाडीले साफ वुमन्स च्याम्पियनसिपमा २०१६ पछि पहिलो पटक ह्याट्रिक गरेको हो । सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो संस्करणको साफमा सावित्रा भण्डारीले माल्दिभ्स विरुद्ध नै ह्याट्रिकसहित ५ गोल नै गरेकी थिइन् ।

रेखा ह्याट्रिक पछि पनि रोकिएनन् र ६३ औं र ७८ औं मिनेटमा गोल थपिन् ।

६५ औं मिनेटमा प्रीति राईले व्यक्तिगत दोस्रो गोल गरिन् । प्रीतिले ८७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अनिता केसीले ६८ औं र अमिशा कार्कीले ८८ औं मिनेटमा गोल गरिन् ।

यसै खेलबाट पहिलो पटक राष्ट्रिय टिममा परेकी सजनी थोकरले पनि डेब्यूको अवसर पाइन् । उनी ६७ औं मिनेटमा गीता रानाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी साफका लागि गएराती नेपाल आइपुगेर टिममा सामेल भएपनि उनी बेन्चमै रहिन् ।
नेपालले समूहको अन्तिम खेल श्रीलंकासँग बिहीबार खेल्नेछ भने माल्दिभ्सले सोही दिन भुटानको सामना गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected