१७ कार्तिक २०८२, सोमबार
राजनीति

संघीय निजामती विधेयक आगामी साता क्याबिनेटमा पेस हुन्छ : मन्त्री मोदी

२० साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानून मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए ।

उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताए । मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकाले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पछिल्लो समयमा नीतिगत सुधारका कारण पूँजी बजारमा सुधार आएको बताए।

आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)का अध्यक्ष रोयल आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको पनि सकारात्मक भूमिका हुने बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।