१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार समाज

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

५ कात्तिक, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज गोलभेंडाको मूल्य बढेर १४० रुपैयाँ पुगेको छ । हिजो १३५ रुपैयाँ रहेको गोलभेंडा ५ रुपैयाँले बढेको हो ।

यसदिन हरियो लसुन भने ५० रुपैयाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपैयाँ थियो ।

त्यस्तै, चमसुरको साग किलोमा १०० रुपैयाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपैयाँ पुगेको छ ।

यस्तै आलु रातोको ८५, मुला रातोको ५० रुपैयाँ कायम भएको छ । यसैगरी टाटे सिमीको ८०, चिचिण्डोको ५०, लौकाको ५०, अनारको ४००, जुनारको ३०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व