१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार समाज

अर्थमन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

४ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उसले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताए ।

अर्थमन्त्री पौडेलले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सार्मथ्य लगाउन सरोकार भएका सबैलाई निर्देशन दिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा सकारात्मक प्रभाव पर्ने बताए । बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व