११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाज

निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा पदर्शन जारी

१ कात्तिक, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन जारी राखेको छ ।

कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त गरेर सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार चरम रुपमा असंवेदनशिल  भएको भन्दै मञ्चले गत साउनदेखि लगातार प्रदर्शन गर्दै आएको छ ।

मञ्चकि अध्यक्ष रुबी खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले निरन्तर आन्दोलन गरिरहेको बताइन् ।

गतवर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो ।  छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ ।

तर मुद्दामा मुख्य अभियुक्त बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री छन् । उनी बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेस सांसद निर्वाचित भएका हुन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व