११ माघ २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ वुमन्स च्याम्पियनसिप : तयारी अन्तिम चरणमा

काठमाडौं । विहीबार अर्थात कात्तिक १ गतेबाट सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक पटक हुन लागेको हो ।

नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा साफको आयोजना गरेको थियो । प्रतियोगिताका लागि सबै टोली काठमाडौं आइसकेका छन् ।

च्याम्पियनसिपको उदघाटन खेल भोलि बिहीबार समूह ‘ए’मा रहेका भारत र पाकिस्तानबीच हुनेछ ।

समूह ‘बी’मा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्नेछ । प्रतियोगिताको अघिल्लो दिन आयोजित प्रि–म्याच कन्फेरेन्समा सहभागी सातवटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए ।

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको तयारीका लागि थोरै समय भएपनि टिम तयार रहेको बताए ।

एन्जिला तुम्बापोको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा गरिएको थियो ।

उदघाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच पनि हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् ।

समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन् ।

कात्तिक १४ गतेसम्म हुने च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइनेछ ।

नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान) , अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected