१८ कार्तिक २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला विश्वकपबाट भारत आउट

काठमाडौं । २०२४ को टी–२० विश्वकपमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय महिला टोलीको यात्रा समाप्त भएको छ । भारतीय टोली यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो आठ वर्षमा पहिलो पटक हो ।

प्रतियोगितामा भारतको सुरुवात राम्रो हुन सकेन र न्युजिल्याण्डसँग हार बेहोरेको थियो । यसपछि भारतले पाकिस्तान र श्रीलंकालाई हराएर आफ्नो आशा जीवित राखेको थियो तर समूह ए को अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

भारत अष्ट्रेलिया विरुद्ध जित दर्ताको नजिक थियो तर टोलीले अन्तमा विकेट गुमायो र नौ रनले पराजित भयो । भारतको सेमिफाइनल पुग्ने आशा पूर्णतया पाकिस्तान र न्युजिल्याण्डबीचको खेलमा निर्भर थियो । पाकिस्तानको जितले भारतलाई सेमिफाइनलमा पु¥याउन सक्थ्यो । समूह ‘ए’ बाट अष्ट्रेलिया चारवटै खेल जितेर सेमिफाइनलमा पुगेको थियो भने दोस्रो स्थानका लागि न्युजिल्यान्ड, भारत र पाकिस्तानबीच प्रतिस्पर्धा थियो ।

भारतको चार खेलमा दुई जित र दुई हारका साथ चार अंक थियो र यो खेलअघि उसको नेट रनरेट न्युजिल्यान्डभन्दा राम्रो थियो । न्युजिल्यान्डले यो खेल हारेमा पाकिस्तान र भारतसँगै चार अंक हुने थियो र नेट रन रेटका आधारमा दोस्रो सेमिफाइनलको टुंगो लाग्ने थियो ।

तर, न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गर्दै चार खेलमा तीन जित र एक हारसहित ६ अंक जोडेको छ र अन्तिम चारमा प्रवेश गरेको छ । सन् २०१६ पछि यो पहिलो पटक हो कि न्युजिल्यान्ड टिम टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

भारत पछिल्लो तीन सिजनमा लगातार सेमिफाइनल पुग्न सफल भएको थियो । २०२० मा पनि फाइनलमा पुगेको थियो र उपाधि जित्ने दिशामा अघि बढेको थियो । तर, त्यसबेला फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । उपाधिको खडेरी अन्त्य गर्ने उद्देश्यका साथ दुवई पुगेको भारत सेमिफाइन पनि नपुगी घर फर्र्किकएको छ ।

सोमबार राति भएको खेलमा न्युजिल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा पाकिस्तानको टोली ११.४ ओभरमा सबै विकेट गुमाएरु ५६ रनमा समेटिन पुग्यो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected