११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाज

खर्च कम गर्न नयाँ नोट छापिएन, सफा नोटले काम चलाउनुपर्छ’

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले नोट छपाइमा हुने लागत कम गर्ने र नोट व्यवस्थापनलाई सहज गर्ने उद्देश्यले यसपाली दशैंदेखि नयाँ नोटको सट्टामा सफा नोटको नीति ल्याएको बताएको छ ।

सोमबार नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डिल्लीराम पोखरेलले नोट सटिङ गर्दा चलाउनयोग्य नोट धेरै हुने भएकाले सफा नोटको प्रयोगलाई अधिकतम बढाउनका साथै सटिङ, छपाइको लागतलाई कम गर्ने उद्देश्यले सफा नोटको व्यवस्था गरेको जानकारी दिए ।

‘पहिला नयाँ नोट मात्र सटही हुन्थ्यो दशैंमा । तर राष्ट्र बैंकले सफा नोट नीति अवलम्बन गरेको छ । बजारमा भएको नोटहरुलाई वित्तिय संस्था र राष्ट्रिय बैंकमा ल्याइसकेपछि सटिङ गर्छाै र चलाउन मिल्ने नोट एकतिर साथै नचल्ने अर्कोतिर राख्छौं । अयोग्य नोटहरु जलन गर्दछौं । सटिङ गरेका चलाउनयोग्य नोटहरु प्रशस्त मात्रमा छन,’ उनले भने,‘त्यसैले यस पटकदेखि अब योग्य सफा नोटहरुलाई किन प्रयोग नगर्ने भनेर यसपटकदेखि तीनै नोटहरु प्रयोग गरौं भन्ने हो । जसका कारण नोट व्यवस्थापनलाई सहज हुनेभयो र नोट छपाइमा लाग्ने लागत पनि घट्ने भयो । मुख्य त भएका सफा नोटहरु अधिकतम प्रयोग गरौं भन्ने उद्देश्यले सफा नोट सटहीको नीति ल्याएको हो ।’

उनले दशैंमा आम जनतामा नयाँ नोट चलाउने बानी परेपछि खिन्न लाग्नु स्वभाविक रहेको भन्दै विस्तारै सबैलाई बानी पर्दै जाने बताए ।

राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आज हिजो आइतबारदेखि सफा तथा सुकिला बैंक नोट सटही सुविधा सुरु गरेको हो । सोमबार पनि सफा नोट सटहीका लागि बिहानदेखि नै सवैसाधारणको भीड लागेको छ ।

दसैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेर नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यस्था मिलाएको हो ।

साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । विगतका वर्षका एकपटक प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व