२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

दुई वटा संसदीय समितिको बैठक बस्दै

१४ असोज,  काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।

समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गरिने तथा  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिने छ । साथै  सर्वौच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गरिने विषयमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।