१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाज

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं ।  नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । शुक्रबारसहित लगातार पाँच दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ५ सय रूपैयाँ बढी हो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने