१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाज

बजार अनगमनमा विभाग, ६ वटा फर्म कारवाहीमा

काठमाडौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा एकै दिन ६ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ ।

चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यवसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो ।

अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तिजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरुलाई न्युनतम पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टिकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ ।

कारबाहीमा परेका पसलहरुमा नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेको पाइएकाले नगद कारवाहीदेखि कागजात मगाउने र निर्देशन दिएको विभागले उल्लेख गरेको छ ।

विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्र बनाएको छ ।

काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तिव्र पारिएको विभागको भनाई छ ।

०००

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व