१० माघ २०८२, शनिबार
खेलकुद समाज

भ्याली स्लाम टेनिस आजदेखि

७ असाेज,  काठमाडौं । हिमाल मिडियाको आयोजनामा बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सुपरभाइजर कृष्णराज घलेले जनाएका छन् ।

भेट्रानमा पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ ।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ५ लाख ७६ हजार रुपैयाँ छ । पुरुष/महिला सिंगल्स र पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

३५ वर्षमाथि सिंगल्स/डबल्समा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार ५ सय र तेश्रो हुने दुई खेलाडीले ६/६ हजार नगद पुरस्कार हात पार्ने छन् । ४५ वर्षमाथि पुरुष सिंगल्स/डबल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ४ हजार ५ सयर/४ हजार ५ सय नगद पुरस्कार जित्ने छन् ।

५५ वर्षमाथि प्रथमलाई १५ हजार, दोश्रोलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ३ हजार ५ सय/३ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । ६५ वर्षमाथि पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ६ हजार र तेश्रोलाई ३/३ हजार नगदबाट पुरस्कृत गरिने छ ।

नेपाल टेनिस संघ तथा पाटनस्थित ढोकइमा क्याफेको सहयोगमा हुन लागेको प्रतियोगितामा १ सय ३९ खेलाडीको सहभागित रहने आयोजकले जनाएको छ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected