२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् रजत

६ असाेज, काठमाडौँ। नेपालकी एरिका गुरुङ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदकमा सीमित भएकी छिन्।

उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्योहोरिन्। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनै पनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन।

एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले फाइनल यात्रा तय गरेपछि नेपालका लागि उनले थप अर्को इतिहास लेख्न सक्ने अनुमान गरिएको थियो। तर उनी अन्तिम समयमा सम्हालिन सकिनन् र प्रतिद्धन्द्धीले लगातार अंक बटुलेकी थिइन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकी थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भण्डारीले अन्तिम पटक रजत जितेकी थिइन्।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected