१३ कार्तिक २०८२, बिहीबार
राजनीति

हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन : प्रचण्ड

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् ।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने धारणा राखेका छन् । ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ’ उनले भने ।

अहिले सरकारका कारण जनतामा आशा पलाएको दाबी गर्दै प्रचण्डले यो बेला संगठन विस्तार गर्नुपर्ने पनि बताए । ‘सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ’ उनले भने, ‘आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।’

अहिलेको गठबन्धनको सरकार सुशासनको क्षेत्रमा कटिवद्ध भएर लागेको भन्दै प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने बताए । पार्टीमा विभिन्न उतारचढाव भए पनि आफूहरु जनता र राष्ट्रको पक्षमा रहेको बताएका प्रचण्डले कमी कमजेरी इमान्दारीका साथ स्वीकारेर अघि बढ्नुपर्ने धारणा राखे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।