२ फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार

एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

३ असोज, बझाङ । एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर सम्झना खड्कालाई गृहजिल्लामा सम्मान गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका–९, की स्थानीय खड्कालाई बझाङ क्रिकेट संघले सम्मान गरेको हो ।

संघको साधारणसभामा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल र बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले प्रमाणपत्र र क्रिकेट किटसहित सम्मान गरेका हुन् । महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई पराजित गर्दा सम्झनाले नेपालको तर्फबाट उत्कृष्ट अर्धशतकीय पाली खेलेकी थिइन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । नगरप्रमुख बजालले जयपृथ्वी नगरपालिकाले खड्काको सम्मानमा अभिनन्दन कार्यक्रम आयोजना गर्ने बताए ।

बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले सम्झना खड्काको लगनशिलता र सफलताले बझाङमा क्रिकेटको सम्भावनाको अन्तर्राष्ट्रिय ढोका खोलेको बताउँदै क्रिकेट खेलमा लाग्न चाहनेको लागि प्रेरणाको स्रोत बनेको भन्दै प्रशंसा गरेका थिए । पूर्वाधार, अभ्यास तथा खेलको वातावरणको अभावका बाबजुत पनि पछिल्लो समय बझाङ जिल्लामा क्रिकेट प्रतिको आकर्षण बढ्दो क्रममा रहेकोले भविष्यमा अझ राम्रा खेलाडी उत्पादन हुने विश्वास धामीले व्यक्त गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected