२६ आश्विन २०८२, आईतवार
कोशी प्रदेस समाचार राजनीति

कोशी प्रदेशका मुख्यमन्त्रीकाे थापाको शपथ आज

१७ साउन,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाको तयारी छ ।

प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणको तयारी भएको जनाएको छ ।

२१ असारमा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई ११ असारमा सर्वोच्च अदालतले पदमुक्त गरेको थियो।

सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो ।

मंगलबार तीनै सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थापाल विश्वासको मत लिन भने चुनौती छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाको पक्षमा ४७ र विपक्षमा ४६ मत छ । विश्वासको मत लिने बैठकमा एमालेले उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठको अध्यक्षता गर्नुपर्ने हुन्छ ।

गठबन्धनबाटै बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए सरकारलाई विश्वासको मत पाउन कठिन हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।