१० माघ २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

१२ औं संस्करणको एन.एस.ए. कप पौडी प्रतियोगिता हुँदै

२ असोज, काठमाडौं । नेपाल पौडी संघले १२ औं संस्करणको एन.एस.ए. कप पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज १३ र १४ गते दुई दिन सातदोबाटो स्थित आउटडोर पौडी पोखरीमा खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

यो प्रतियोगितालाई नेपालमा पौडी खेलाडीको विकास, मुल्याङ्कन र नव प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रुपमा लिएको आयोजकले जनाएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘यो प्रतियोगितालाई हामीले नेपालमा पौडी खेलाडीको वृत्ति विकास, मुल्याङ्कन र नव प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रुपमा लिएका छौं ।’

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशहरुबाट ३५० खेलाडीहरुको सहभागिता रहने छ ।
विगतको प्रतियोगितामा झै यो प्रतियोगितामा पनि खेलाडीहरुको उत्कृष्ट प्रदर्शन संगै नयाँ राष्ट्रिय किर्तिमानहरु कायम गर्ने विश्वास आयोजक पौडी संघले लिएको छ ।

प्रतियोगितामा खुल्ला (महिला÷पुरुष) र विभिन्न उमेर समूह (महिला÷पुरुष) गरी ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयको आधारमा १ सेकेण्ड भन्दा कम समय भएमा रु. ५,०००।– (पाँच हजार), १ सेकेण्ड देखि ३ सेकेण्ड सम्मलाई रु.१०,०००।– (दश हजार) र ३ सेकेण्ड भन्दा माथिको फरकमा राष्ट्रिय किर्तिमान कायम गरेमा रु.२०,०००।– (बीस हजार) नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

प्रत्येक उमेर समूह र खुल्लामा सहभागी खेलाडीहरु मध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही रु.५,०००।– (पाँच हजार) नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected