७ पुष २०८२, सोमबार
राजनीति

सिंहदरबारका २२ कर्मचारीको दुर्गमका स्थानीय तहमा सरुवा, को कहाँ ? ( सूचीसहित)

१६ साउन, काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सिंहदरबार वरिपरि रहेका २२ कर्मचारीलाई दुर्गमको स्थानीय तहमा सरुवा गरेको छ ।

सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी समय बसेका कर्मचारीको सरुवा गर्दै दुर्गम क्षेत्रमा खटाएको मन्त्रालयले जनाएको हो ।

२०८० जेठ २९ गते सरुवा व्यवस्थापन कार्यदलले दिएको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदिले कर्मचारी सरुवा गरेका हुन् ।

कार्यदलको सुझाव अनुसार मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको थियो ।

जसअनुसार मन्त्रालयले मंगलबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतका कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य जना उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा भएको छ ।

त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ ।

यस्तै सिंहदरबार वरिपरिका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ ।

गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।

कस्को सरूवा कहाँ ?  

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।