२५ आश्विन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

आईसीसी विश्वकप लिग-२ : नेपालले आज ओमानसँग भिड्दै

२ असोज, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।

क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।

क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

विश्वकप सन् २०२७ को छनोटको रूपमा रहेको लिग-२ मा आठ टोलीको सहभागिता छ । नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected