६ पुष २०८२, आईतवार
राजनीति

कोशीका सभामुख गौतमले दिए राजीनामा

१६ साउन, काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् । उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै गौतमले प्रदेशको स्थायित्वका लागि आफ्नो राजीनामा उचित हो भन्नेमा आफू सहमत नभए पनि परिस्थितिले बाध्य भएको बताए ।

‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । म कसैसँगअप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो’ उनले भने, ‘तर परिवेशले मलाई त्यहाँ पुर्यायो र मैले त्यो (राजीनामा) गर्ने भएँ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।