१८ कार्तिक २०८२, मंगलवार
राजनीति

प्रेस चौतारीका अध्यक्षले गृहमन्त्रीसँग माफी मागेकोमा ओलीको आपत्ति

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई आत्मालोचना गर्न निर्देशन दिएका छन् ।

बार्षिक कार्ययोजना बनाउन एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठक सोमबार बसेको थियो । बैठकमा अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल पनि सहभागी थिए । बैठकमा अध्यक्ष ओलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतको विषयमा प्रश्न उठाए ।

बस्नेतले केही दिनअघि एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखे । त्यसविरुद्ध गृहमन्त्रीको निजी सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएपछि बस्नेतले गृहमन्त्रीलाई भेटेर आफ्नो सूचनाको स्रोत गलत भएको भन्दै माफी मागेका थिए ।

एक सदस्यका अनुसार बस्नेतले गृहमन्त्रीसँग माफी मागेको भन्दै असन्तुष्टि जनाएका हुन् । यत्रो सुन तस्करी सरकारको संरक्षण विना सम्भव नभएको भन्दै उनले किन हतार हतार माफी मागेको भन्दै प्रश्न गरेका थिए ।

गृहमन्त्रीसँग माफी मागेको भन्दै बस्नेतले लेखेको स्टाटस गैर जिम्मेवार भएको भन्दै उनले कमजोरी भयो भनेर आत्मालोचना गर्न निर्देशन दिएका थिए । लगत्तै प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ३ दिनभित्र आत्मालोचनासहित स्पष्टीकरण दिन भनेको एक सदस्यले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।