२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

३० भदौ, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग(ईडब्ल्यूभीएल) को ट्रफी सार्वजनिक भएको छ । ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउज्ट डाउनपनि सुरु गरिएको अफिसियल टिमले जनाएको छ ।

ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ । यो ट्रफीमा भलिबल खेललाई झल्काउने गरी बनाइएको छ ।

यो ट्रफीलाई प्रतियोगिताको माहोल बनाउन नेपाल भ्रमण गराइने आयोजकले जनाएको छ ।

ट्रफीलाई १७ सेप्टेम्बरमा कर्णाली, २० सेप्टेम्बरमा मधेश,२३ सेप्टेम्बरमा चितवन, २५ सेप्टेम्बरमा गण्डकी, २७ मा ललितपुर र २८ सेप्टेम्बरमा काठमाडौंमा घुमाइनेछ ।

समर्थकले प्रतियोगिताको ट्रफीलाई नजिकबाट देखाउन ट्रफी टुर गराउन लागिएको आयोजकले जनाएको छ ।

असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशाला हुने यस प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको महिला भलिबल फ्रेन्चाइजमा काठमाडौं, ललितपुर, चितवन, गण्डकी, कर्णाली र मधेश गरी ६ वटा टिम छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected