७ पुष २०८२, सोमबार
राजनीति

कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छः मन्त्री ज्वाला

१५ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन् ।

सोमबार एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताएका हुन्  ।

मन्त्री ज्वालाले भने, ‘स्वचालित सिस्टममा जानुको विकल्प छैन । हामी त्यहाँ जानुपर्छ । हामी त्यहाँ जान्छौँ । अब चाहीँ नयाँ ढंगले सोच्नुपर्छ । यसमा मेरो तर्फबाट निकै धेरै प्रयास हुन्छ ।’

उनले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरुप सजिलो ठाउँमा र अरुलाई दण्डित गरेजस्तो अफ्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्नेमा जोड दिए ।

‘पुरस्कृत गर्ने र दण्डित गर्ने प्रक्रियाको रुपमा सरुवा प्रणाली लागू भएको जस्तो देखिन्छ । त्यसैले यो सिस्टममा जानु, स्वचालित गर्नुपर्छ ।’ उनले भने ।

त्यस्तै निजामती सेवालाई पूर्वअनुमान योग्य पनि बनाउनुपर्ने बताए । सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने उनको भनाइ छ ।

उनले भने, ‘दण्ड र पुरस्कारको रुपमा अथवा कसैलाई दुःख दिनुपर्‍यो, सजाय दिनुपर्‍यो भने अफ्ठ्यारो ठाउँ पठाउने । कोही लाइक माइन्डेड छ भने त्यसलाई सजिलो ठाउँ ल्याउने । कमसेकम पहिले नै अनुमान गर्न सकिने हुनुपर्छ । मान्छेले अनुमान गरेर ढुक्कले बसोस् ।’

संसदको यही अधिवेशनमा संघीय निजामती ऐन ल्याउने तयारीमा सरकार लागेको पनि उनको भनाइ थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।