३ फाल्गुन २०८२, आईतवार
अर्थ

अब अर्थ मन्त्रालयमा सीसीटीभी क्यामेराको दृश्य ९० दिनसम्म सुरक्षित रहने

१४ साउन, काठमाडौं । अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको दृश्य अब ९० दिनसम्म सुरक्षित रहने भएको छ ।

अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९/८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता बढाइएको छ । अब यस सीसीटीभीले जडान गरेको दृश्य ९० दिन सम्म रहने छ ।

यसअघि पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणका दौरान अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले ठूलो विवाद निम्तिएको थियो । सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित रहने भन्दै त्यस अगाडिको दृश्य हटिसकेको बताएको थियो ।

मन्त्रालयको यो भनाइको समेत ठूलो आलोचना भएको थियो । अहिले भने सीसीटीभी क्यामेराको क्षमता बढाइएको अर्थले उल्लेख गरेको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने