१० पुष २०८२, बिहीबार
समाज

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरूद्ध पक्राउ पूर्जी जारी

१२ साउन, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।

उनले अनलाइनखरसँग भने, ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्‍न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिनु भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। यसबारेमा हामीले पक्राउ पुर्जी जारी गरेका छौं।’

पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।

यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

के भनेकी थिइन् अधिवक्ता पाण्डेले ?

प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘मुस्लिम, मगर, तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुँदो रहेछ । यस्तो विवाहले जीनमा खराबी उत्पन्न गर्छ । नजिकको सम्बन्ध पशुमा पनि बारिन्छ ।’

जीनको पनि आपराधिक कर्ममा भूमिका हुने भएकाले अहिले चलिआएको कानून सुधार्न आवश्यक रहेको उनले औँल्याएकी थिइन् ।

नेपालको कानूनले हाडनाता सम्बन्ध वर्जित गरे पनि प्रथा र परम्पराअनुसार चलिआएको समुदायमा छुट दिइएको पाण्डेको भनाइ थियो ।

उन भनेकी थिइन्, ‘क्रिमिनल लमा क्राइम कसरी बढ्छ भन्दा कहिलेकाहीँ जीनका कारण पनि आपराधिक क्रियाकलाप भइरहेको हुन्छ भनिन्छ । यो अध्ययनको विषय पनि हो । कुनै समुदायमा दाजु बहिनीमा विवाह हुँदा कट्टरवादी, एक लाइनको सोच्ने जिनको विकास हुँदो रहेछ ।’

विवादमा परेपछि पाण्डेको अन्तरवार्ता युट्युबबाट हटाइएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व