३ फाल्गुन २०८२, आईतवार
मनोरन्जन समाचार

फ्राइडे रिलिज : ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा

२१ भाद्र,  काठमाडौं । नेपाली कथानक चलचित्र ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत आजबाट यी दुई नेपाली चलचित्र प्रदर्शनमा आएका हुन् ।

‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय छ । क्राइम थ्रिलर जानरामा निर्माण भएको यो चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन् ।

‘देवी’को कथा निर्देशक सञ्जोग राई र अजय गौतमले लेखेका हुन् ।

‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् । यो चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाहीलगायत कलाकारको अभिनय छ ।

‘रावायण’मा सुदर्शन थापाको कथा तथा शिवम अधिकारीको लेखन छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,