६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त

देउवाले बोलाए असोज २ गते बस्ने गरी केन्द्रीय समिति बैठक

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने गरी बोलाएका छन् ।

विधानतः कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ । साउन २ मा बोलाइएको बैठक एकवर्ष पछि बसेको थियो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकको पहिलो दिन प्रस्तुत गरेको प्रतिवेदनमा विधान अनुसार बैठक बस्न नसकेको बताएका थिए । विधानलाई कार्यान्वयन गर्ने गरि देउवाले असोज २ गते अर्को बैठक बस्ने सार्वजनिक रुपमा भनेका छन् ।

बैठक अन्त्य गर्दै अर्को मिति देउवाले घोषणा गरेका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)