२ फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार

सुदूरपश्चिममा खेलाडी नाम दर्ताको म्याद थप

१७ भाद्र,  धनगढी । दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशमा खेलाडी नाम दर्ताको म्याद थप गरिएको छ।
सुदूरपश्चिम खेलकुद परिषद्ले आज एक सूचना जारी गर्दै ५ दिनका लागि म्याद थप गरिएको जनाएको छ।

सुदूरपश्चिम खेलकुद परिषद्का नायव वरिष्ठ प्रशासकीय अधिकृत टोप बहादुर विष्टका अनुसार भदौ १८ गतेदेखि भदौ २२ गतेसम्म ५ दिनका लागि खेलाडीको नाम दर्ताको समय थप गरिएको हो ।
नाम दर्ता फारम भर्न छुटेका खेलाडीले उक्त अवधिभित्र नाम दर्ता गर्न अनुरोध गरिएको छ।

नाम दर्तापछि जिल्ला छनौट र प्रदेश छनौट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो ।
परिषद्ले यसअघि साउन १५ देखि भदौ ५ गतेसम्म खेलाडी नाम दर्ता खुल्ला गरिएको थियो।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रुपमा खेलाडी नाम दर्ता फारम भरेको हुनुपर्नेछ।

फारम नभरेको खेलाडीले छनौट प्रतियोगितामा सहभागिता जनाउन नपाउने बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

खेलाडीले दर्ता फारम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र,अर्को जिल्ला भए बसाईसराईको प्रमाणपत्र र दुईप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ।

भलिबल,क्रिकेट,कबड्डी, एथ्लेटिक्स,ब्याडमिण्टन,फुटबल खो–खो,बुद्धिचाल, भारत्तोलन, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ,फुल कन्ट्याक्ट कराँते,उसु,आई टि एफ तेक्वान्दो,ह्वाण्डबल र सेपाक्टाको खेलहरु जिल्ला छनौट प्रतियोगितामा खेलाइनेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected