२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद समाचार

पारा ओलम्पिक: हिट चरणबाट बाहिरिए पौडी खेलाडी भीमबहादुर

१७ भाद्र, काठमाडौँ । नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमाल फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा हिट चरणबाटै बाहिरिनुभएको छ ।

पौडीको एस–९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुभएका कुमाल सोमबार भएको खेलमा हिट चरणबाटै बाहिरिनुभएको हो । उहाँले निर्धारित दूरी ३५.०५ सेकेन्डमा पूरा गर्नुभएको थियो । ६ जना खेलाडी रहेको हिट–१ मा अन्तिममा रहनुभयो ।

कुमालले विश्व पारा पौडीबाट ‘वाइल्ड कार्ड’ मार्फत पारा ओलम्पिक खेल्नुभएको हो । यसअघि यस स्पर्धामा उहाँकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।

नेपालबाट सहभागी तेक्वान्दोका दुई खेलाडीमध्ये पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जित्नुभएको छ । अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता पहिलो चरणबाटै बाहिरिनु भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected