२ फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार

महिला लिगमा फुटबलमा कोशीको विजयी सुरुवात

काठमाडौँ। कोशी प्रदेशले आइतबारदेखि सुरु भएको एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

समीक्षा मगरको दुई गोलमा आइतबार भएको उद्घाटन खेलमा कोशी प्रदेशले वालिङ नगरपालिका स्याङ्जालाई ४–० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कोशीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थप्यो ।

सानुमाया तामाङले खेलको १०औँ मिनेटमा गवल गर्दै कोशीलाई अग्रता दिलाएकी थिइन् ।

समीक्षा मगरले ५१औँ र ५९औँ मिनेटमा गोल गरिन् । यस्तै प्रतीक्षा राईले ६८औँ मिनेटमा गोल गरिन् ।

एन्फा महिला लिगमा कूल १० टोलीको सहभागिता छ । सिंगल राउण्ड रोविनको पहिलो भरणपछि शीर्ष पाँच टिमको डबल राउण्ड रोविनका आधारमा सुपर लिग र अन्तिम चरणमा प्लेअफ खेलहरू हुनेछ ।

लिगमा सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युवा क्लबबीच खेल हुनेछ । खेल एन्फा कम्प्लेक्समा ३ बजे सुरु हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected