२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

आजदेखि एन्फा महिला लिग सुरु, उद्घाटन खेलमा कोसी प्रदेश र वालिङ नगरपालिका भिड्दै

१६ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको सहभागिता रहनेछ ।

यस्तै, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । लिगको उद्घाटन खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ । प्रतियोगितामा कुल ६९ खेल हुने उनले जानकारी दिए ।

लिग विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई एक लाख, ‘फेयर प्ले टिम’लाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०/५० हजार प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected