८ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपालमा पहिलो पटक क्यालिस्टेनिक्स च्याम्पियनसिप

काठमाडौं । नेपालमा पहिलो पटक क्यालिस्टेनिक्सशारीरिक व्यायाम च्याम्पियनसिपको आयोजना गरिएको छ ।

काली नेपालको आयोजना एवम् राष्ट्रिय एथलेटिक्स विकास संघ नाडा, र पुनर्वास केन्द्रसँगको सहकार्यमा एनएमबी काली नेपाल क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न भएको हो ।

काठमाडौंको नाडा पार्क बाँसबारीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो । च्याम्पियनसिपमा महिला पुरुष गरि पचास जनाले सहभागिता जनाएका थिए ।

काली नेपालका अध्यक्ष सम्राट पाण्डेले नेपालमा क्यालिस्टेनिक्स खेलको सुरुवात गरेको जनाएका छन् । बेलायतमा लामो समयको अध्ययन पश्चात् नेपाल फर्किएका पाण्डेले यस्तो खेलको सम्भावना रहेका युवाहरुको जमात ठुलो रहेकाले आकर्षण बढााउन र आगामी दिनमा अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडीलाई पुर्याउन प्रयासरत रहेको बताए ।

खेलबाट उत्कृष्ट पाँच जनालाई अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र आउँदो डिसेम्बरमा बृहत क्यालिस्टेनिक्स प्रतियोगिताको आयोजना गर्ने राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्रका अध्यक्ष बिबेक बिक्रान्त अधिकारीले जानकारी दिएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected