८ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपालले लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेल्ने

काठमाडौं । आइसीसी विश्वकप लिग–टू क्रिकेटको तयारीमा रहेको नेपाली टोलीले श्रीलंकामा अभ्यास गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ खेलको एक दिवसीय सिरिज खेल्ने छ ।

सिरिजको तालिकामा पनि क्यानले शुक्रबार सार्वजनिक गरेको छ । नेपाली टिमले पहिलो एक दिवसीय खेल ३ सेप्टेम्बरमा खेल्ने छ । हरेक एक दिवसीय अघि एक दिन अभ्यासको समय रहेको पनि क्यानले जनाएको छ । दोस्रो ५ तारिख र तेस्रो ७ तारिखमा हुने छ ।

यसैगरी उक्त प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोली पनि घोषणा गरिएको छ ।

रोहित पौडलको कप्तानमा घोषणा गरिएको टिममा आसिफ शेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल रहेका छन् । त्यसैगरी अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । नेपाली टिमले श्रीलंकामा अभ्यास गरेपछि क्यानडामा लिग टू खेल्न जाने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected