Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यी हुन् नेपाल प्रिमियर लिग खेल्ने आठ फ्रेन्चाइज टोली (सूचीसहित)

News and Updates
12 महिना अघि

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करणमा सहभागि हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर्दै नामावली सार्वजनिक गरिएको छ ।

एनपिएलमा प्रतिस्पर्धा गर्ने टोलीहरुमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोली नाम र संख्या टुंगो लगाएको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया