१० पुष २०८२, बिहीबार
समाज

मुग्लिन-नारायणगढ सडकमा सवारी दुर्घटना हुँदा ११ जना घाइते

९ साउन, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा बसमा सवार ११ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

घाइते सबैको अवस्था सामान्य रहेको डीएसपी पण्डितले बताए । उनका अनुसार बस चालकको खुट्टा च्यापिएकाले निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिए ।
ट्रक र बस ठक्करले मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ ।

ठक्कर खाएका दुबै सवारीलाई क्रेनको सहायताले सडक छेउमा राखेपछि मात्रै सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व