Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भारतलाई हराउँदै बङ्गलादेश यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा

राताे कागज स‌‌वाददाता
12 महिना अघि

११ भाद्र,  काठमाडौँ । साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बङ्गलादेशले बाजी मारेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया