२ फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार

ताप्लेजुङ गोल्डकप : टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी संकलन

११ भाद्र,  ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका थिए ।

प्रतिव्यक्ति रु दुई सय ५० का दरले टिकट बिक्री गरिएको थियो । उक्त टिकट बिक्रीबाट रु १० लाख १४ हजार सङ्कलन भएको आयोजकले जनाएको छ । फाइनल खेल करिब १२ हजार दर्शकले अवलोकन गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

पहिलो चरणका खेल हेर्न रु एक सय, सेमिफाइनलका खेल हेर्न रु दुई सय र फाइनल खेल हेर्नका लागि रु दुई सय ५० दरका टिकट निर्धारण गरिएको थियो । दर्शकको सुविधाका लागि प्याराफिट निर्माणसहितका काममा मोटो रकम खर्च हुने भएकाले टिकट काट्नुपर्ने बाध्यता रहेको आयोजकले बताएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected