१७ कार्तिक २०८२, सोमबार
अर्थ

एक वर्षमा भित्रियो साढे ३ हजार किलो सुन

८ साउन, काठमाडौं । नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको हो ।

विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब १२ करोड रुपैयाँ हाराहारी राजस्व संकलन गरेको छ ।

सरकारले ल्याउन दिने कोटा अनुसार बैंकहरुले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए भने यात्रामा गएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले भन्सार तिरेर ल्याएको सुनको मूल्य २१ अर्ब ५४ करोड रुपैयाँ बराबर रहेको विभागले जनाएको छ ।

सरकारले अहिले दैनिक १५ किलो सुन आयात गर्न बैंकहरुलाई अनुमति दिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने