२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

प्रिमियर लिगमा लिभरपुल विजयी

१० भदौ, काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जीत निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै २ खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ । ब्रेन्टफोर्डको भने पहिलो हार हो । उसको तालिकामा ३ अंकमात्रै छ ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डविरुद्ध २–० को सहज जीत निकाल्दा लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए । खेलको १३ औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाए । ७० औं मिनेटमा सलाहले डियाजको पासमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटन (वुल्भ्स)लाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । चेल्सीको जीतमा चुकुनोन्सो ट्रिस्टन मडुकेले ह्याट्रिक गर्दा निकोलस ज्याक्सन, कोल पालमर र जाओ फ्लेक्सले एक एक गोल गरे।

वुल्भ्सका लागि म्याथ्युस सान्टोस र जोर्जेन स्ट्रान्ड लार्सेनले एक एक गोल फर्काए । चेल्सीका लागि निकोलस ज्याक्सनले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । वुल्भ्सका म्याथ्युस सान्टोसले गोल गर्दै २७ औं मिनेटमा बराबरी गरे । ४५ औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले अग्रता २–१ बनायो ।

पहिलो हाफमै अतिरिक्त छैटौं मिनेटमा लार्सेनले गोल गरेपछि बुल्भ्सले पहिलो हाफ २–२ को बराबरीमा अन्त्य गरेको थियो । तर, दोस्रो हाफमा चेल्सीले थप आक्रामक खेल्दै थप ४ गोल गरेको थियो ।  ४९ औं मिनेटमा चुकुनोन्सो ट्रिस्टन मडुकेले व्यक्तिगत पहिलो गोल गरेपछि चेल्सीले ३–२ को अग्रता लिन पुग्यो ।

उनै मडुकेले ५८ औं र ६३ औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्दा चेल्सी ५–२ ले अघि बढेको थियो । ८० औं मिनेटमा जाओ फ्लेक्सले गोल गरेपछि चेल्सीले यो सिजनको पहिलो र फराकिलो जीत निकाल्न सफल भयो । जीतपछि चेल्सीले तालिकामा पहिलो ३ अंक जोड्न सफल हुँदा वुल्भ्सको भने यो लगातार दोस्रो हार हो । प्रिमियर लिगकै अर्को खेलमा एएफसी बर्नमाउथ र न्युक्यासल युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected